खाेज्नुहाेस

महेन्द्रनगरमा जारी भलिबलमा आर्मी, एपीएफ, गण्डकी र सुदूरपश्चिम विजयी

Image

कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगरमा जारी तेस्रो मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता दोस्रो दिनको खेलमा पनि विभागीय टोलीले विजयी यात्रा जारी राखेका छन् ।

दोस्रो दिन आज भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

attariya hospital
navjiwan hospital

यसैगरि एपीएफले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । आर्मी र एपीएफले लगातार दोस्रो जित निकालेका हुन् ।

विभागीय टोलीसँगै गण्डकी र सुदूरपश्चिम पनि विजयी भएका छन् । गण्डकीले मधेश प्रदेशलाई ३–० ले पराजित गर्‍यो । लुम्बिनी प्रदेशले बाग्मतीलाई ३–१ र आयोजक सुदूरपश्चिम प्रदेशले कर्णालीलाई ३–१ ले पराजित गरेको हो ।

सुदूरपश्चिम र कर्णाली प्रदेशबीच आइतबार खराब मौषमका कारण खेल स्थगित भएको थियो । उक्त खेल सोमबार पुनः खेलाइएको हो ।