खाेज्नुहाेस

कञ्चनपुरमा बालक हत्या आरोपमा चाकुरी पक्राउ, करिब १८ वर्षदेखि थिइन् फरार

Image

कञ्चनपुर- कञ्चनपुरमा बालक हत्याको आरोपमा एक महिला पक्राउ परेकी छिन् । जिल्लाको दोधारा चाँदनी नगरपालिका-१० बस्ने चाकुरी देवी रोकाया पक्राउ परेकी हुन् ।

navjiwan hospital

कर्तव्य ज्यान मुद्दामा फरार रहेकी उनलाई हिजो घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ । २०६३ जेठ १६ गते सोही ठाउँकी सिला देवी रोकायाका नाबालक छोरा ११ वर्षीय राजन रोकायालाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । सोही दिनदेखि उनी फरार रहेकी थिइन् ।

attariya hospital

उनलाई जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।