डोटी – डोटीमा चितुवाको आक्रमणबाट एक महिला घाइते भएकी छन्। शनिबार चितुवाले आक्रमण गर्दा पुर्वीचौकी गाउँपालिका–५ काँडामाण्डौ की ५२ वर्षीया मैना देवी तिरुवा घाइते भएकी हुन्।

जङ्गलमा बाख्रा चराउन गएको बेला तिरुवालाई चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

घाइते तिरुवालाई जिल्ला अस्पताल डोटीमा उपचार नभएपछि धनगढी रिफर गरेको छ ।















