खाेज्नुहाेस

कञ्चनपुरमा झण्डै दुई लाख मूल्यको अवैध सामान फेला

Image
file photo

अत्तरिया- कञ्चनपुरमा प्रहरीले झण्डै दुई लाख मूल्य बराबरको अवैध सामान फेला पारेको छ । जिल्लाको भीमदत्त नगरपालिका-१० विद्युत कार्यालय अगाडि अन्दाजी एक लाख ७५ हजार ६४० रुपैयाँको अवैध सामान फेला पारेको हो ।

navjiwan hospital

शनिबार इलाका प्रहरी कार्यालय गड्डाचौकीको टोलीले बेल्ट, चप्पल, चिनि, सुर्ती, नरीवल, गुड, मटर, मकैको बिउ, नमकिन, चियापत्ती, तेल, पोल्थिन, बिष्कुट, प्याज, कस्मेटिक लगायतका सामान फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

attariya hospital

ती सामान कानुन बमोजिम बरामद गरी भन्सार कार्यालय गड्डाचौकी पठाइएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए ।