खाेज्नुहाेस

बसले ठक्कर दिँदा मर्निङवाक गरिरहेका पुरुषको मृत्यु

Image
navjiwan hospital

रौतहट- रौतहटको चन्द्रनिगाहपुरमा बसको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । सर्लाहीबाट नारायणगढतर्फ गइरहेको बा ३ ख ३४५५ नम्बरको बसले शनिबार बिहान चन्द्रपुर-५ का ५५ वर्षीय बोधनाथ पौडेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

बस र चालक चन्द्रपुर-४ का विजय राईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । बाक्लो हुस्सुको कारण बाटो नदेखिएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

attariya hospital