खाेज्नुहाेस

एमपीडीएसद्धारा कान्द्रा नदीको तटिय क्षेत्रमा वृक्षारोपण

Image

अत्तरिया – कैलालीको कान्द्रा नदीको तटिय क्षेत्रमा जैविक तटबन्ध अन्तरगत वृक्षारोपण गरिएको छ । भजनी नगरपालिका संगको समन्वय Kerk in actie र Cordaidको सहयोगमा बहुउद्देश्यीय विकास समाज (एपीडीएस) डडेल्धुराले बाढी पहिरोको उच्च जोखिममा रहेको भजनी नगरपालिका – ५ लालबोझी कान्द्रा नदीको तटिय क्षेत्रमा जैविक तटवन्ध अन्तरगत वृक्षारोपण गरिएको हो ।

जसअन्तरगत बाढी तथा डुवान र माटो कटानबाट प्रभावित क्षेत्रमा स्थानीय श्रोत साधनको प्रयोग गरी विपत जोखिम न्यूनीकरणका लागि स्थानीय समुदायको सहभागीतामा १३ सय मिटर क्षेत्रमा वृक्षारोपण गरिएको परियोजनाका डिआरआर टेक्निकल एक्सपर्ट राजेन्द्र रैकाले बताए । उनले नर्कट, ढोडी र बाँसका गरी करिब १० हजार बोट रोपिएको बताए ।

attariya hospital
navjiwan hospital

वृक्षारोपण कार्यक्रमको भजनी नगरपालिका नगर प्रमुख केबल चौधरीले शुभारम्भ गरेका छन । उनले एपीडीएसले स्थानीय स्तरमा विपद जोखिम न्यूनीकरण सम्बन्धि समुदायमा सचेतना अभिवृद्धि गरी जैविक तटबन्धका लागि बृहत् वृक्षारोपण कार्यमा सहकार्य गरेकोमा धन्यावाद दिए ।

बाढी, डुबान लगायतका विपदबाट समुदायलाई जोगाउन सचेतीकरण प्रभावकारी हुने भएकाले त्यसका लागि पालिकाको तर्फबाट पनि सहकार्य गर्न तत्पर रहने उनले बताए । स्थानीय विपद व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर साउँदले वृक्षारोपणले कान्द्रा नदिले गर्ने निरन्तरको माटो कटानीलाई रोक्ने र लालबोझीको बस्ती डुबान हुनबाट बच्ने बिश्वास ब्यक्त गरे ।

कार्यक्रममा भजनी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष केशब बुढा, सदस्य राजेन्द्र खनाल, परियोजनाका डिआरआर टेक्निकल एक्सपर्ट राजेन्द्र रैका, बिपद पूर्बसूचना टास्कफोर्सका संयोजक कृष्ण बुढा, सामाजिक परिचालक बिष्णु जैसी लगायतकाको सहभागीता रहेको थियोे । कार्यक्रममा स्थानीय विपद व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर साउँदको अध्यक्षतामा सम्पन्न भएको थियोे ।