खाेज्नुहाेस

अत्तरियामा बर्गर हाउस खुल्दै, यही माघ २० गते उद्घाटन हुने

Image

अत्तरिया – कैलालीको अत्तरियामा बर्गर हाउस सञ्चालनमा आउन लागेको छ । स्थानिय युवा डिल्ली भट्ट लगायत ३ जनाले सञ्चालन गर्न लागेको बर्गर हाउसको तयारी पुरा भैसकेको छ ।

navjiwan hospital

यही माघ २० गते भव्य समारोहका विच बर्गर हाउसको उद्घाटन गर्ने तयारी रहेको बताईएको छ । व्यवसायी डिल्ली भट्टले बर्गर हाउसको सञ्चालनको सम्पुर्ण तयारी पुरा भैसकेको बताए । उनले बर्गर हाउसको बिहिबार सामान्य रुपमा पुजा गरिएको बताउदै माघ २० गते भव्य उद्घाटन समारोह गरिने बताए ।

attariya hospital

उनले हाल पनि बर्गर हाउसमा खाना नास्ताका सबै परिकारहरु पाउन सकिने बताए । भट्टसहित स्थानिय ३ जना युवाहरुले बर्गर हाउस निर्माणका लागि करिब १ करोड भन्दा बढी लगानी गरिसकेका छन । भट्टका अनुसार बर्गर मुख्य परिकार भएपनि बर्गर हाउसमा नास्ताका सम्पुर्ण परिकारहरु समेत पाईनेछन ।