बेलौरी- कञ्चनपुरको बेलौरीमा उखु बोकेको ट्रली पल्टिएको छ । आइतबार राती बेलौरी नगरपालिका८ बिचपुरीमा रा १ त ४८४ नम्बरको ट्याक्टरले बोकेको उखु ट्रली पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मानवीय क्षति भएको छैन भने चालक प्रहरी नियन्त्रणमा छन् । बेलौरीस्थित बैशाखाबाट महाकाली सुगर मिल आउँदै गरेको ट्रलीमा उखु ओभर लोड हुँदा पल्टिएको हुन सक्ने प्रहरीले जनाएको छ ।