कैलालीमा टिपर दुर्घटना, एक जनाको मृत्यु

धनगढी- कैलालीमा टिपर दुर्घटना भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–२ पाण्डे चोकमा ना ४ ख १३६५ नम्बरको टिपर आइतबार राति दुर्घटना भएको हो ।

maya metro hospital

दुर्घटनामा टिपरमा सवार बाँके कोहलपुर नगरपालिका-७ का २४ वर्षीय दिनदयाल थारुको मृत्यु भएको प्रहरीले बताएको छ ।

कैलाली प्रहरीका अनुसार गम्भीर घाइते उनलाई घाडाघोडी अस्तालबाट हिजो राति नै धनगढीस्थित निसर्ग अस्पताल रिफर गरिएकामा निसर्गबाट पनि कोहल पठाइएको थियो । उनको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

attariya hospital

दुर्घटनामा घाइते टिपर चालक गोदावरी नगरपालिकाका २७ वर्षीय हेमबहादुर पुनमगरको निसर्ग अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । टिपर अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.