महाकाली करोडोरको तुसारपानी सम्म ७२ प्रतिशत ट्र्रयाक खोल्ने काम सकियो

कञ्चनपुर – कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तुसारपानीसम्म महाकाली करिडोरका ७२ प्रतिशत सडकको ट्र्रयाक खुलेको छ । ३ सय ३४ किमि लम्बाइको उक्त सडकको २ सय ४२ किमि ट्र्याक खुलेको हो । महाकाली करिडोरले कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जिल्लालाई जोडेको छ । जसमध्ये कञ्चनपुर क्षेत्रमा पर्ने ११ किलोमिटर ट्र्याक खुलिसकेको छ । कञ्चनपपुरको ब्रह्मदेवदेखि डडेल्धुराको जोगबुडा सम्म गत महिना मात्रै ट्र्याक खुलेको हो ।

maya metro hospital

महाकाली करिडोर अन्तरगत डडेल्धुरामा पर्ने ५८ किलोमिटर सडक मध्ये २७ किलोमिटर सडकको ट्र्याक खुलिसकेको छ । डडेलधुराका सिमलतालदेखि भागेश्वर गाउँपालिका हुँदै सुर्नयासम्म ३१ किलोमिटर सडकको ट्र्याक खोल्न बाँकी छ ।

करिडोर अन्तरगत बैतडीमा १४४ किलोमिटर सडक रहेकोमा ११० किलोमिटर सडकको ट्र्याक खुलिसकेको छ भने ३४ किलोमिटर सडकको ट्र्याक खुल्न बाँकी रहेको महाकाली करिडोर सडक योजना कार्यालयले जनाएको छ । बैतडीको शिवनाथ र पञ्चेश्वरमा ट्र्याक खुल्न बाँकी छ ।

attariya hospital

महाकाली करिडोर अन्तरगत दार्चुलाको तुसारपानी सम्म १२१ किलोमिटर सडक रहेको छ । जसमध्ये ९४ किलोमिटर सडकको ट्र्याक खुलिसकेको छ भने २७ किलोमिटर सडकको ट्र्याक खुल्न बाँकी छ । दार्चुलाको लेकम र मालिकार्जुन गाउँपालिका क्षेत्रमा ट्र्याक खोल्न बाँकी छ । महाकाली करिडोरको तुसारपानीदेखि टिंकरसम्म ७९ किमि ट्र्याक खोल्ने काम सेनाले गरिरहेको छ ।

महाकाली करिडोरमा पर्ने रुख काट्ने आदेशमा ढिलाई हुँदा काम गर्न ढिलाई भएको महाकाली करिडोर सडक योजनाका प्रमुख लक्ष्मण जोशीले बताएका छन । उनले बजेट अभावका कारण पनि काममा ढिलाई भएको बताए ।

महाकाली करिडोर अन्तरगत डडेलधुरा र दार्चुलामा ३७ किमिमा सडक कालोपत्रको काम पनि सम्पन्न भइसकेको छ । त्यस्तै डडेलधुराको परशुराम नगरपालिकाको साँदनी क्षेत्रमा चालु आर्थिक वर्षभित्रै काम सक्ने गरी तीन वटा प्याकेजमा ५ किमि सडक कालोपत्रको काम भइरहेको छ ।

दार्चुलामा महाकाली नगरपालिका क्षेत्रमा १२ किमि र खलंगादेखि उत्तरतर्फ तुसारपानी खण्डमा १०/१० किमि गरी दुई प्याकेजमा सडक कालोपत्रको काम भइरहेको छ । चालु आर्थिक वर्षमा योजनाका लागि २९ करोड ६५ लाख मात्रै बजेट आएको थियो ।

योजनाले थप २५ करोड बजेट माग गरेको छ । नियमित रूपमा काम अगाडि बढे २०८२ असारसम्म सबै ट्र्याक खोल्ने काम सकिने जनाइएको छ । महाकाली करिडोर २०७७/७८ देखि महाकाली करिडोर नामकरण गरी ब्रह्मदेवदेखि टिंकरसम्मै निर्माणको काम सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.