कैलालीमा ४ लाख बढीका सामान बरामद

धनगढी- कैलालीमा प्रहरीले एकै दिन ४ लाख बढीका सामान बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट भन्सार छली अवैध रुपमा ल्याइएका सामान आइतबार बरामद गरिएको हो ।

maya metro hospital

धनगढी उपमहानगरपालिका-२ पुरानो सब्जीमण्डीमा भारतबाट भन्सार छली ल्याइएको अन्दाजी ५ हजार मूल्यको प्याज, धनगढी-३ त्रिनगर ब्यारेल नजिकबाट ८५ हजार २ सय ३० मूल्य बराबरको चिनी, माछा, नरिवल, जिरा, मिठाई, मटर दाना लगायतका सामान बरामद गरिएको छ ।

धनगढी-७ राम भगवत चोकबाट अन्दाजी २५ हजार मूल्यको प्याज र भजनी नगरपालिका-२ पल्टिपुरबाट अन्दाजी ३ लाख २६ हजार मूल्यको साडी, धोती, थान कपडा, मोटरसाईकल १ थान लगायतका सामान बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.