कञ्चनपुरको कृष्णपुर, शुक्लाफाँटा र बेल्डाँडीका विद्यालयमा पनि बिदा थपियो

अत्तरिया- कञ्चनपुरको कृष्णपुर, शुक्लाफाँटा नगरपालिका र बेल्डाँडी गाउँपालिकाका विद्यालयमा पनि जाडो बिदा थप गरिएको छ । तीन ओटै पालिकाले सूचनामार्फत विद्यालयहरुमा जाडो बिदा थप गरिएको जनाएका हुन् ।

maya metro hospital

अत्यधिक चिसोका कारण पठनपाठनमा समस्या हुनुका साथै विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भएकाले सामुदायिक तथा संस्थागत सबै विद्यालयहरुमा जाडो बिदा थप गरिएको पालिकाहरुद्वारा जारी सूचनामा उल्लेख छ ।

कृष्णपुर नगरपालिकाले आजबाट १० गतेसम्म बिदा थप गरेको छ भने शुक्लाफाँटाले ९ र १० गते र बेल्डाँडीले ८ र ९ गते गरी दुई दिन बिदा थप गरेको छ । यी पालिकाका विद्यालयहरुमा यसअघि पनि जाडो बिदा दिइएको थियो । मौसममा सुधार नआई चिसो बढ्दै गएपछि फेरि बिदा थपिएको हो ।

attariya hospital

जिल्लाको बेलौरी नगरपालिकाले पनि हिजो नै सूचना निकालेर विद्यालयहरुमा आजबाट १० गतेसम्म जाडो बिदा दिएको छ । बेलौरीसँगै कृष्णपुर र बेल्डाँडीले पनि हिजो नै सूचना निकालेका थिए । शुक्लाफाँटाले जाडो बिदा थप गर्दै आज सूचना निकालेको हो ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.