
दाङ- दाङको देउखुरीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गएराति बर्दियाबाट काठमाण्डौका लागि छुटेको प्रदेश ३–०१००५ ख ९७१९ नम्बरको बस दाङको लमही नगरपालिकाको रिहार नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा बर्दियाको गेरुवा गाउँपालिका–१ का ३६ वर्षीय भीमनाथ योगी र मधुवन नगरपालिकाका–२ अमरपुरका ३२ वर्षीय युवराज चौधरी रहेका छन् । बसमा रहेका अरु यात्रुको अवस्थामा सामान्य रहेको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।
