काठमाडौं – प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछन्। आज एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा विहान ९ बजे हुँदैछ।

यस्तै विहान सवा ९ बजे हुने कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मधेश प्रदेशले सुदूरपश्चिमको सामना गर्दैछ भने मुलपानी क्रिकेट मैदानमा बागमती र कर्णाली भिड्दैछन्। प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ३ खेलमा ६ अंकसहित तालिकाको शीर्ष स्थानमा रहँदा समान ६ अंक रहेको नेपाल पुलिस क्लब दोस्रो, बागगमती तेस्रो र मधेश चौथो स्थानमा छ।

समान चार अंक रहेका एपीएफ पाँचौं, त्रिभुवन आर्मी क्लब छैटौं, कर्णाली सतौं स्थानमा छन्। दुई अंक रहेका गण्डकी र लुम्बिनी क्रमशः आठौं र नवौं स्थानमा छ। छ खेल खेलेको कोशी प्रदेश अहिलेसम्म जितविहीन छ। उ अंकविहीन हुँदै तालिकाको पुच्छारमा छ।
