कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

कञ्चनपुर- कञ्चनपुरमा भन्सार छलीको सामान बरामद गरिएको छ । भीमदत्त नगरपालिका–११ विद्युत् कार्यालय नजिकबाट एक लाख एक हजार बराबरको कपडा, जुत्ता, गुड, चिनी, तेल, दाल लगायतका सामान बरामद गरिएको हो ।

maya metro hospital

त्यसैगरी शुक्लाफाँटा नगरपालिका-१२ कालागौडीस्थित बेलौरी सडकखण्डबाट अन्दाजी ८० हजार आठ सय बराबरको भाँडावर्तन, प्लास्टिकको डोरी लगायतका सामान बरामद गरिएको छ । बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.