चितवन- नवलपुरको हुप्सेकोट गाउँपालिका-६ बिरुखर्कका ३३ वर्षीय शेरबहादुर लम्कामगरले गर्भवती श्रीमतीको हत्या गरेका छन् । उनले ३४ वर्षीया श्रीमती चनिसरा लम्कामगरको हत्या गरेका हुन् ।
शेरबहादुरले आज बिहान घरमै सुतिरहेकी श्रीमती चनिसरालाई कोदालो र खुर्पा प्रहार गरेर हत्या गरेका जिल्ला प्रहरी कार्यालय नवलपुरले बताएको छ । प्रहरीका अनुसार उनी ८ महिनाकी गर्भवती थिइन् ।
हत्याको कारण भने खुलेको छैन । शेरबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।