कैलालीमा दुई लाख बढीका भन्सार छलीका सामान बरामद
कैलाली- कैलालीमा प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट दुई लाख मूल्य बढीका भन्सार छलीका सामान बरामद गरेको हो ।
धनगढी उपमहानगरपालिका-२ बालुवाघाटमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी २८ हजार ८ सय रुपैयाँ बराबरका कोट, स्विटर, हाईनेक, जर्सी लगायतका सामान बरामद गरिएको छ । त्रिनगर ब्यारेल नजिकबाट २० हजार बराबरको चिनी, प्याज, चना, मिठाई, साबुन, झिल्ली, स्याम्पु, खुर्सानी लगायतका सामान र बग्राकटानबाट अन्दाजी २४ हजार बराबरको प्याज, हरियो मटर, चना, मसला लगायतका सामान बरामद गरिएको छ।
धनगढी-१० को चकमेलीघाटबाट ३५ हजार बराबरको मोबिल, भाँडा बर्तन, स्विटर, हाईनेक, टाउजर, सुट, बिडी लगायतका सामान र टीकापुर नगरपालिका–९ खक्रौलाबाट अन्दाजी एक लाख १० हजार बराबरको प्याज बरामद गरिएको प्रदेश प्रहरीले बताएको छ ।