कैलालीका भूपेन्द्र बडुवाल हत्या प्रकरण : फरार २ जना पक्राउ

धनगढी- कैलालीका भूपेन्द्र बडुवाल हत्या प्रकरणमा फरार रहेका दुई जना पक्राउ परेका छन् । लम्कीका बडुवालको हत्या अभियोगमा लम्कीचुहा नगरपालिका-१ थकालीपुरका २६ वर्षीय रोशनबहादुर शाही र वडा नम्बर ३ चिसापानीका २३ वर्षीय अनुज भनिने चिरञ्जिवी शाही पक्राउ परेका हुन् ।

maya metro hospital

अदालतबाट पक्राउ पुर्जी जारी भएका उनीहरुलाई आइतबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । २३ वर्षीय बडुवालको २०७८ कात्तिक २३ गते हत्या भएको थियो । उनको हत्या आरोपमा १२ जनाविरुद्ध इलाका प्रहरी कार्यालय टीकापुरमा किटानी जाहेरी दर्ता भएको थियो ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.