धनगढीको एक घरमा आगलागी

धनगढी- धनगढीको एक घरमा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका-१२ ‘ए’ गाउँका त्रिलोक सिंहको घरमा आगलागी भएको हो ।

maya metro hospital

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार सिंहको काठले बनेको तीन कोठे घरमा आगो लागेर अन्नपात, भाँडावर्तन, लता कपडा लगायतका सामान जलेका छन् ।

आगलागीबाट दश लाखको क्षति भएको बताइएको छ । स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.