स्ववियुको बदनाम गर्न खोजिदैछ : स्ववियु सभापति महरा

अत्तरिया – कैलालीको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववियु सभापति भुवन महराले अत्तरियामा सञ्चालित सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भेटिएका नक्कली टिकटको विवादमा स्ववियुलाई बद्नाम गर्न खोजिएको बताएका छन । आईतबार महोत्सवस्थलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले आफुहरुले कुनै बदमासी नगरेको र स्ववियुको बदनाम गर्ने काम भैरहेको बताएका हुन ।

maya metro hospital

‘यदी हामीले गलत गरेको भए टिकटको अर्धकट्टी हामीले त्यहाँ राख्ने थिएनौ होला, गलत ठेली हो भन्ने थाहा भए त हामी लुकाएर पनि फाल्ने थियौ होला’ उनले भने ‘हामीले गल्ती गरेका छैनौ, हामो दोष छैन, आयोजकबाट आएका ठेलीहरु काट्ने काम मात्रै गरेका छौ । यहाँ केही अराजक तत्वहरुले स्ववियुलाई बदनाम गर्ने काम मात्रै गरिरहेका छन ।’

उनले विद्यालयमा अध्ययन गर्ने केही आर्थिक अवस्था कमजोर भएका विद्यार्थिहरुले फारामको पैसा तिर्न नसकेर परिक्षा दिन नपाएकाले आफुले उनिहरुको सहजताका लागि मात्रै टिकटको जिम्मा लिएको बताए । ‘हाम्रा केही साथीहरुले ८ सय रुपैया तिर्न नसकेर परिक्षा दिन पाएका छैनन्, त्यस्ता विद्यार्थीहरुको समस्या देखेर मैले यो जिम्मा मागेको हु’ उनले भने ‘आयोजक सँग सो विषयमा हामीले अनुरोध पनि गरेकै हो र झगडा पनि गरेकै हो । हाम्रा विद्यार्थीहरुको भविष्यको सवालमा आयोजकले पनि हामीलाई यो जिम्मेवारी दिएको हो ।’

attariya hospital

नक्कली ठेली फेला परेको दिन आयोजकले नक्कली ठेली लगेर अर्का ठेली दिएपनि दोस्रो दिन भने स्ववियुलाई टिकट काट्नै नदिएको उनले बताए । ‘हामीले गल्ती नगरेपनि टिकट काट्न बाट बञ्चित गराईयो, हाम्ले नै नक्कली टिकट बेचेको जस्तो गरी साईड लगाएको अनुभव भएको छ’ उनले भने ‘तर हामीबाट गल्ती भएको छैन ।’ उनल नभएको गल्तीमा स्ववियुलाई मुछ्न नपाईने समेत बताए ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.