अत्तरिया – कैलालीको अत्तरियामा आयोजित सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट ठेली भेटिनु गलत भएको आयोजक अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिँह बोहराले बताएका छन । आईतबार पुनः पत्रकार सम्मेलनको आयोजना गर्दै उनले टिकटका विषयमा गलत भएको र दोषीलाई कुनै पनि हालतमा नछोडिने बताएका हुन ।


उनले महोत्सवलाई विफल बनाउन खोज्नेहरुले बदनाम गर्न खोजेको समेत बताएका छन । उनले त्यस्ता व्यक्तिहरुले कार्यसमितिलाई नै विभाजित गर्न खोजेको समेत बताए । ‘यि ठेलीहरु देखिएका छन, छापिएका छन । यसको विषयमा हामी छानविन गर्छौ, दोषीलाई कारबाहीको दायरामा ल्याउँछौ’ उनले भने ‘तर हिजोका दिन फेसबुकमा केही साथीहरु र पत्रकार मित्रहरुले पुरानो नयाँको कुरा गरेका छन, कार्यसमितिलाई नै विभाजित गर्न खोजेका छन । बास्तवमा हामी त एक भएर हिडेका छौ नी । हामी सबै एकढिक्का भएका छौ, सबै खटिएका छौ ।’

उनले कार्यसमितिलाई विभाजीत गर्ने खोज्नेलाई समितिलाई आफ्नो कार्य गर्न दिन आग्रह गरेका छन । उनले आफुहरुले महोत्सवलाई सफलता पुर्वक सम्पन्न गरेको भएपनि टिकट ठेलीको विषयमा भने कुनै पनि हालतमा अनुसन्धान गरिने बताए । ‘यो हामीले महोत्सवलाई सफलता पुर्वक सम्पन्न गरेका छौ, हामी सफल भएका छौ’ उनले भने ‘तर यो टिकटको विषय जुन छ, यसलाई के कती कारणले भएको हो, कस्ले गरेको हो भन्ने विषयमा हामी छानविन गर्छौ ।’

उनले टिकट छाप्ने देखी लिएर बाड्ने सम्मको जिम्मेवारी फरक फरक व्यक्तिलाई दिएको भएपनि कसरी यो कुरा भयो भन्ने कुरा आफुले बुझ्न नसकेको बताए । उनले नक्कली ठेलीको विवाद बाहिर आएपनि गल्ती भने नभएको बताए । उनले विगतको र केही दिन कार्यसमितिले काटेको टिकटलाई आधार मान्दा एभरेज मिलेकाले गलत गर्न खोज्ने ले पनि गर्न नसकेको बताए ।