कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक महिला गम्भीर घाइते

कञ्चनपुर – कञ्चनपुरको पुर्नवासमा जंगली हात्तिको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छ्न ।

maya metro hospital

आज शनिवार बेलुका पुर्नवास नगरपालिका -१० पचगडियामा जंगली हात्तिको आक्रमणमा परि सोही ठाउँ बस्ने ४३ वर्षिया लक्ष्मि जोशी गम्भीर घाइते भएको सब डिभिजन वन कार्यालय पचगडियाका प्रमुख दिनेश कुमार यादवले बताए ।

यादवका अनुसार गम्भीर घाइते भएकी जोशिलाइ सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो।

attariya hospital

अहिले ३ जंगली हात्ती पुनर्वास नगरपालिका -१० पचकडिया र लालझाडी गाउँपालिका – १ नौरगा नजिकको लालझाडी बन क्षेत्रमा रहेको प्रमुख यादवले जानकारी दिएका छन ।

जंगली हात्ती दोदानदी तर्फ लागेको भएकोले नौरङ्गा र हुलाकी राजमार्ग अन्तर्गत बिकास बस्ती , सिमरी तर्फ यात्रा गर्दा सतर्कता अपनाउन यादवले अनुरोध गरेका छन ।

अहिले बनकर्मी ,प्रहरी सशस्त्र प्रहरी र स्थानीयसहितको टोलि हात्तिलाइ बन तर्फ फर्काउन लागेका छन ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.