राम मन्दिर उद्घाटनको अवसरमा धनगढीमा शोभायात्रा निकालिने

धनगढी – रामको जन्मभूमिमा निर्माण गरिएको नयाँ मन्दिरको गर्भगृहमा भगवान् रामको बाल स्वरूपको श्रीविग्रहको प्राण–प्रतिष्ठा गरिने दिनका अवसरमा धनगढीमा शोभायात्रा आयोजना गरिने भएको छ । माघ ८ गते विश्व हिन्दु परिषद् नेपाल, धनगढी नगर समितिको आयोजनामा उक्त दिन शोभायात्रा गरिने भएको हो ।

maya metro hospital

भारतको अयोध्यामा हुने रामको श्रीविग्रहको प्राण–प्रतिष्ठा कार्यक्रमलाई धनगढीको रामजानकी मन्दिर, लक्ष्मीनारायण मन्दिर र मानवसेवा आश्रम लगायतका ठाँउबाट ठुलो पर्दामा देखाइने विश्व हिन्दु परिषद् नेपाल धनगढी नगर समितिका अध्यक्ष महेन्द्रराज पन्तले बताएका छन् ।

यसैगरी, माघ ८ गते अपराह्न ३ बजे धनगढीको ट्राफिक चौराहबाट भजन कृतनसहित संगीतमय शोभायात्रा निकालिने पन्तले बताए । उक्त शोभायात्रामा विभिन्न संघ–संस्था, मठ–मन्दिरहरु, हिन्दु धर्मावलम्बीहरुको उल्लेख्य उपस्थिति रहने आयोजकले जनाएको छ ।

attariya hospital

माघ ८ गते अपराह्न ३ बजे धनगढीको ट्राफिक चौराहबाट धनगढीको लक्ष्मीनारायण चोकहुँदै पार्कमोडसम्म शोभायात्रा गरिने छ भने उक्त दिन साँझ सम्पूर्ण मन्दिरहरुमा दीप प्रज्वलन गरिने छ । उक्त दिन आ–आफ्नो घरमा पनि दियो बत्ती बालेर, भजन कृतन गरेर खुशीयाले मनाउन अध्यक्ष पन्तले आग्रह गरेका छन् ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.