गोदावरीका टुक्रे योजना : सवा ४ करोडमा ३६ सडक कालोपत्रे गरिदै

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले चालु आर्थिक वर्षमा पनि टुक्रे सडक योजनालाई नै प्राथमिकता दिएको छ । नगरपालिकाले टुक्रे योजना बनाएर ३२ मिटरदेखि आधा किलोमिटर सम्मका सडक कालोपत्रे गर्न लागेको हो । नगरपालिकाले वडा र नगरबाट छनोट गरिएका सडक योजना कालोपत्रे गर्न एकमुष्ट टेन्डर आह्वान गरेर ३ निर्माण कम्पनीलाई छनोट गरेको छ । नगरपालिकाले कालोपत्रेका लागि छनोट गरेका सडक एउटै वडामा १३ वटा सम्म रहेका छन ।

maya metro hospital

नगरपालिकाको वडा नम्बर १ मा सबैभन्दा छोटो सडक ३२ मिटरको रहेको छ भने सबैभन्दा लामो सडक १९७ मिटरको रहेको छ । स्थानीय स्तरबाट मागका आधारमा सीमित बजेटलाई सबै ठाउँमा बाँडफाँड गर्दा यस्तो अवस्था आएको वडा अध्यक्ष तथा नगरका प्रवक्ता गोपाल भट्टले बताए । उनले कुनै सडक थोरै कालोपत्रे गर्दा सम्पन्न हुने अवस्थाका भएकाले पनि टुक्रा सडक देखिएको बताए ।

नगरपालिकाले ३६ वटा सडकलाई ५ प्याकेजमा छुट्याएर टेन्डर आह्वान गरेको थियो । पहिलो प्याकेजमा वडा नम्बर १ का १३ सडक राखिएको नगरपालिकाका इन्जिनियर जनक खड्काले बताए । जसको कुल लम्बाइ १ किलोमिटर ७०९ मिटर रहेको छ । उक्त प्याकेजको सडक कालोपत्रेका लागि कुमार शिशिर कन्स्ट्रक्सन सँग १ करोड ११ लाख ८७ हजार ७८८ रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।

attariya hospital

दोस्रो प्याकेज अन्तरगत वडा नम्बर २, ३ र ४ का ७ वटा सडक राखिएका छन । यी सडक १४१ मिटर देखि ३६० मिटर सम्म लम्बाइका रहेका छन । ७ वटै सडकको कुल लम्बाए २ किलोमिटर १० मिटर रहेको छ । यी सडक कालोपत्रेका लागि पनि पनि कुमार शिशिर कन्स्ट्रक्सन सँग १ करोड १५ लाख ८३ हजार ९७६ रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।

तेस्रो प्याकेज अन्तरगत वडा नम्बर वडा नम्बर ६, ७, ८ र ९ का ७ वटा सडक कालोपत्रे गरिने इन्जिनियर खड्काले बताए । कुल लम्बाइ १ किलोमिटर ५६ मिटर रहेको उक्त सडकको कालोपत्रेका लागि सोनी कन्स्ट्रक्सन सँग ६१ लाख ६३ हजार ७१५ रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।

नगरपालिकाले चौथो प्याकेज अन्तरगत वडा नम्बर १०, ११ र १२ का सडक कालोपत्रे गर्नको लागि कुमार शिशिर कन्स्ट्रक्सन सँगै ९२ लाख ३८ हजार २७० रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । उक्त प्याकेज अन्तरगत ५ वटा सडक रहेको छन । जसको कुल लम्बाइ १ किलोमिटर ४५७ मिटर रहेको छ । यी सडक १४३ मिटर देखि आधा किलोमिटर सम्मका रहेका छन ।

त्यस्तै पाँचौ प्याकेज अन्तरगत वडा नम्बर ५ का सडक कालोपत्रे गर्न लागिएको छ । जसको कुल लम्बाइ ७७५ मिटर रहेको छ । जस अन्तरगत ४ सडक रहेको छन । जसमा १६० मिटर देखि २५० मिटर सम्मका सडक रहेका छन । यी सडकको कालोपत्रे गर्नको लागि एनके निर्माण सेवा सँग ५७ लाख २१ हजार ६८९ रुपैयाँमा ठेक्का सम्झौता भएको नगरपालिकाले जनाएको छ ।

पाँच वटै प्याकेज अन्तरगत कुल ७ किलोमिटरका ३६ सडक कालोपत्रे गर्न लागिएको हो । ३६ वटै सडकको कुल लागत ४ करोड ३८ लाख ९५ हजार ४३८ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.