बैतडीमा चितुवाको बच्चा मृत फेला

बैतडी – बैतडीमा चितुवाको बच्चा मृत फेला परेको छ । जिल्लाको दशरथचन्द नगरपालिका – ७ कोइराली सामुदायिक वनमा चितुवाको बच्च मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Karma Consultancy

करिब ५ महिनाको चितुवाको बच्चा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका सुचना अधिकारी, प्रहरी निरिक्षक नन्दराज जोशीले जानकारी दिए ।

citizen security services

शनिबार बिहान डिभिजन वन कार्यालयको टोली र जिल्ला प्रहरी कार्यालयको टोलीले मृत चितुवाको बच्चलाई डिभिजन वन कार्यालयमा लगेर व्यवस्थापन गरेको प्रहरी निरीक्षक जोशीले बताए । चितुवाको बच्चाको मृत्युको कारण भने खुल्न सकेको छैन ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.