कञ्चनपुरमा लागुऔषध ओसारपसार गर्ने दुई भारतिय नागरिक पक्राउ

कञ्चनपुर – कञ्चनपुरको बेलडाडिमा प्रहरीले लागुऔषध ओसारपसार गर्ने दुई भारतिय नागरिकलाई लागू औषध खैरो हेरोइन सहित पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बेलडाडी बाट खटिएको प्रहरी टोलिले शुक्रबार
राती बेलडाँडी गाउँपालिका-१ झरना सागर बाट ३ ग्राम २० मिलिग्राम खैरो हेरोइन सहित दुई भारतिय पक्राउ परेका हुन ।

maya metro hospital

पक्राउ पर्नेमा जिल्ला पिलिभित टाटरगञ्ज भारत बस्ने २८ वर्षीय ईरफान अलि र साेहि ठाउ बस्ने १८ वर्सिय गुरमेष सिंह हुन ।

प्रहरीका अनुसार उनी खैरो हेरोइन भारतबाट नेपाल पुर्याउने काम गर्थे । जसबाफत उनिलाइ २ हजार भारु मिल्ने गर्थ्यो ।

attariya hospital

जिल्लाको दक्षिणी क्षेत्र पछिल्लो समय लागुऔषध ओसारपसारको हब बनिरहेको छ ।

सिमावर्ती भारतिय बजारमा लागुऔषध सजिलै पाइने भएकोले प्रहरीलाई नियन्त्रणमा टाउको दुखाइ बनेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.