बेलौरीमा अन्तरबिद्यालय ब्याडमिन्टन प्रतियोगिता शुरु

कञ्चनपुर – कञ्चनपुरको बेलौरीमा अन्तरबिद्यालय ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ ।

maya metro hospital

आजदेखी बेलौरी ब्याडमिन्टन क्लब र उग्रतारा बाल बिद्यालयको सयुक्त आयोजनामा माध्यमिक तह (१० कक्षा ) सम्मका बिद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु भएको हो ।

माघ ७ गतेसम्म प्रतियोगिता चल्ने आयोजकले जनाएको छ ।प्रतियोगितामा बेलौरी भित्रका सस्थागत र सरकारी गरि १४ बिद्यालयको सहभागीता रहेको छ ।

attariya hospital

ब्याडमिन्टन खेलको पर्वद्दन र खेलाडी पहिचान गर्नका लागी बिद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु गरिएको बेलौरी ब्याडमिन्टन क्लबका अध्यक्ष सुरज श्रेष्ठले बताए ।

प्रतियोगितामा प्रथम हुने बिद्यालयलाई २ हजार ५ सय ,दित्तिय हुनेलाई २ हजार र तृतीय हुने बिद्यालयलाइ १ हजार सहित ट्रफी ,मेडल प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ ।

यसैगरि माघ १२ गतेदेखी १५ गतेसम्म नगर स्तरिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता पनि बेलौरीमा शुरु हुने आयोजकले जनाएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.