टेलिकमको कबाडमा अनुसन्धान गर्न कैलाली प्रहरीलाई निर्देशन

धनगढी – नेपाल टेलिकमको कबाड विक्रीको अनुसन्धान गर्न कैलाली प्रहरीलाई निर्देशन दिइएको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्राले कैलाली प्रहरीलाई नेपाल टेलिकमल दूरसञ्चार निर्देशनालय, अत्तरियाले विक्री गरेको कबाडको अनुसन्धान गर्न निर्देशन दिएका हुन् । प्रमुख जिल्ला अधिकारी मिश्रले प्रशासकिय अधिकृत शिवराज जोशी संयोजक रहेको छानबिन समिति गठन गरेका थिए ।

maya metro hospital

प्रमुख जिल्ला अधिकारी मिश्रको निर्देशनपछि गठन भएको समितिले छानबिन गर्दा टेलिकमको अभिलेखको तौल र ट्रकमा रहेको कबाडको तौल फरक परेको पुस्टि भएपछि प्रहरीलाई छानबिन गर्न निर्देशन दिइएको हो । टेलिकमको अभिलेख भन्दा ट्रकमा झण्डै दोब्बर तौलको कबाड फेला परेपछि प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अअिधकारीसमेत रहेका जोशीले बताए ।

बिएसएल कन्स्ट्रक्सन काठमाडौँले ९६ हजार दुई सय ५७ दशमलव ३५ किलोग्राम तामाज्य कबाड खरिदका लागि टेलिकमको खातामा धरौटी रकम जम्मा गरेको थियो । तर, टेलिकमको अभिलेख भन्दा कम्पनीले ढुवानी थालेको कबाडको तौल धेरै भएपछि प्रहरीले घटनाको अनुसन्धान गर्ने भएको हो । टेलिकमले प्रतिकिलोग्राम आठ सय ५० रुपैयाँ ८९ पैसामा कबाड विक्रीको सम्झौता गरेको थियो ।

attariya hospital

निर्देशनालयको खातामा मंसिर २२ गते ८ करोड १९ लाख चार हजार चार सय १६ रुपैयाँ जम्मा भएपछि कम्पनीले पुस ६ गतेबाट कबाड ढुवानी सुरु गरेको थियो । टेलिकमले विक्री गरेको कबाड १५ हजार ६ सय ७९ किलोग्राम अभिलेखमा भएपछि दुई ट्रकमा २९ हजार एक सय ३० किलोग्राम फेला परेको थियो । टेलिकमले ना ६ ख ४६० र रा १ ख ३२०६ नम्बरको ट्रकमा तामाजन्य कबाड विक्री गरेर पठाएको हो ।

सम्बन्धित समाचार : नेपाल टेलिकम सुदूरपश्चिमको कवाड सम्बन्धी ठेक्कामा लफडा

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.