बाजुराका दुई गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार

बाजुरा- बाजुराका दुई गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । शुक्रबार बुढीनन्दा नगरपालिका-१ जमसालकी २९ वर्षीया सम्झना खत्री र सोही वडाको पिपलडालीकी २५ वर्षीया सरस्वती विष्टलाई नेपाली सेनाको हेलीकोप्टरमार्फत उद्धार गरिएको हो ।

Karma Consultancy

दुबैलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलिकोप्टरमा सुर्खेत पठाइएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । उनीहरुको अवस्था गम्भीर रहेको र अप्रेसन गर्नुपर्ने भएकाले स्वास्थ्य केन्द्रमा अक्सिजन नहुँदा रिफर गर्नु परेको स्वास्थ्य संयोजक ओमजंग शाहीले बताए ।

citizen security services

जिल्ला अस्पतालमा रहेको अक्सिजन प्लान्टबाट सिलिण्डरमा भर्ने यन्त्र बिग्रेको, यन्त्र बनाउने मान्छे बाटोमा रहेको र शनिबार साझँसम्म बनाई सकिने अस्पतालका सूचना अधिकारी नृपराज गिरीले बताए । उनले कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आइतबार बिहानसम्म अक्सिजन सिलिण्डर पठाउन सकिने बताए ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.