गड्डाचौकीमा सशस्त्रका हवल्दारले एक युवकलाई मरणासन्न हुने गरी कुटे

कञ्चनपुर- कञ्चनपुरको गड्डाचौकी भन्सार क्षेत्रमा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दारले एक युवकलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन् । जिल्लाको वेदकोट नगरपालिका-१ हात्तीथलाका बसन्त धामीलाई बिओपी गड्डाचौकीका सशस्त्र प्रहरी वरिष्ठ हवल्दार कर्णबहादुर बोहराले ७ नम्बर पिलर नजिक कुटपिट गरेका हुन् ।

maya metro hospital

बिहीवार साँझ जिल्लाको पश्चिमी सिमावर्ती बजारबाट घरायसी समान ल्याउने क्रममा उनीमाथि कुटपिट भएको बताइएको छ । कुटपिटबाट धामीको टाउकोमा चोट लागेको छ । उनको टाउकोमा ५ भन्दा बढी टाका लागेको छ । उनको अहिले महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

कुटाइपछि गम्भीर घाइते भएका धामीका परिवारले कुट्ने सशस्त्र प्रहरीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन पुगे पनि उजुरी दर्ता गरिएको छैन । घाइते धामीकी श्रीमती अम्मरा धामीले गड्डाचौकीका डिएसपी सुदन आचार्यले घाइतेको उपचार गरिदिने भन्दै प्रहरीमा जाहेरी नदिन भनेको बताइन् ।

attariya hospital

अहिले दुबै पक्षबीच छलफल चलिरहेको कञ्चनपुर प्रहरी प्रवक्ता डिएसपी प्रकाश डाँगीले बताए । ‘आफन्त प्रहरी कार्यालय पुगेका छन्, छलफल गरिरहेका छन्,’ डिएसपी डाँगीले भने, ‘अहिलेसम्म जाहेरी परेको छैन, जाहेरी लिएपछि आवश्यक प्रक्रिया अगाडि बढाउँछौँ ।’

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.