खाेज्नुहाेस

कञ्चनपुर र डोटीका २ युवक भारतको कर्नाटकमा मृत फेला

Image

धनगढी- भारतको कर्नाटक राज्यको नघबारामा कञ्चनपुरको भीमदत्त नगरपालिका–५ का ३३ वर्षीय दीपक खड्का र डोटीका लक्ष्मणसिंह विष्ट मृत फेला परेका छन् । मृतक दीपकका दाजु इश्वर खड्काका अनुसार उनीहरूको शव क्षतविक्षत अवस्थामा फेला परेको हो ।

navjiwan hospital

बुधवार रातिदेखि हराइरहेका दीपकको शव चिनिए पनि लक्ष्मणको शव टाउको नभएको अवस्थामा बिहीबार रेलवे नजिक भारतीय प्रहरीले फेला पारेको इश्वरले बताए ।

attariya hospital

उनीहरूसँग भएको आधार कार्डअनुसार भारतीय प्रहरीले पहिचान गरेर आफन्तलाई खबर गरेको र अहिले दुबैको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको उनले बताए ।