कञ्चनपुरमा लागुऔषधसहित ४ युवक पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा लागुऔषधसहित चार युवक पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका-१० बाट लालझाडी गाउँपालिका-५ का २१ वर्षीय प्रकाश महरासहित दुई जना पक्राउ परेका हुन् ।

Karma Consultancy

प्रहरी चौकी भुडाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई १ ग्राम ८८० मिलिग्राम लागुऔषध (खैरो हिरोइन)सहित बिहीबार साँझ पक्राउ गरेको जनाएको छ ।

citizen security services

यस्तै, भीमदत्त नगरपालिका-४ सब्जिमण्डीबाट ०.१० ग्राम लागुऔषधसहित सोही ठाउँ बस्ने १९ वर्षीय अनुराग तोकेसहित दुई जनालाई प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले बिहीबार साँझ पक्राउ गरेको बताएको छ ।

attariya hospital

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.