अत्तरिया- कैलालीको भजनी नगरपालिकाले विद्यालयहरुमा चार दिन बिदा दिएको छ । पालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा पुस ५ देखि ८ गतेसम्म जाडो बिदा दिइएको हो ।
चिसो बढ्दै गइरहेकाले विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले ५ गतेदेखि ८ गतेसम्म सम्पूर्ण विद्यालयहरुमा जाडो बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणबहादुर कठायतद्वार हस्ताक्षरित सूचनामा उल्लेख छ ।