धनगढी – कैलालीको धनगढी बाट खैरो हिरोईन सहित ५ जना पक्राउ परेका छन् । प्रदेश प्रहरी अनुसन्धान समुह (आर आइ टि) सुदुरपस्चिम, लागु औषध अनुसन्धान ब्युरो कंचनपुर र जिल्ला प्रहरी कार्यालय कैलालीको सयुक्त टोलिले धनगढीको देबरियाबाट लागु औषध सहित ५ जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई प्रहरीले धनगढी उपमहानगरपालिका – ७ देबरिया बाट ६.८७ ग्राम खैरो हिरोईन सहित पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा बेलौरी नगरपालिका ६ का २४ बर्सिय राज चौधरी, पुनर्बास नगरपालिका १ का २१ बर्सिय हरिलाल राना, पुनर्बास १ कै ३२ बर्सिय कनैया राना, सोही ठाउँका १८ बर्सिय अर्जुन राना र बेलौरी नगरपालिका ७ का १९ बर्सिय अविसेन राना रहेका छन् ।

उनिहरुलाइ पक्राउ गरि थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रखिएको प्रहरिले जनाएको छ ।
