अत्तरियाबाट प्रदुषण कर उठाउने २ जना प्रहरी नियन्त्रणमा  


अत्तरिया – कैलालीको अत्तरियाबाट प्रहरीले सरसफाई/प्रदुषण कर संकलन गर्ने २ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीले अत्तरिया स्थित सब्जी मण्डीबाट सरसफाई/प्रदुषण कर संकलन गर्ने सोनी कन्स्ट्रक्सनका २ कर्मचारीलाई पक्राउ गरेको हो । 

Karma Consultancy

पक्राउ पर्नेमा कम्पनीमा कार्यरत कञ्चनपुरको कृष्णपुर नगरपालिका – ६ का पदम सुनार र सुरज विक रहेका छन । इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी गणेश बरालले तरकारीको ट्रक रोकेर पैसा लिएको गुनासो आएपछि २ जनालाई पक्राउ गरेको बताए । उनले उनीहरूले के कारणले पैसा मागिरहेका थिए भन्ने बारेमा भने अनुसन्धान भइरहेको बताए । दुवै जना अहिले प्रहरी हिरासतमै रहेका छन । 

citizen security services
belauri nagarpalika

सोनी कन्स्ट्रक्सनका संचालक हरी भट्टराइले भने भारतबाट आयात हुने माछा, मासुजन्य बस्तु, तरकारी, फलफूल, कोइला, गट्टा तथा प्रदुषण जन्य सामाग्रीमा लाग्ने सरसफाइ करको ठेक्का पाएकाले आफ्ना कर्मचारीले कर उठाएको बताए ।
उनले धनगढी उपमहानगरपालिका संग भएको सम्झौता बमोजिम कर संकलन गर्दा प्रहरीले बिना कारण आफ्ना कर्मचारीलाई पक्राउ गरेको बताए । धनगढीबाटै कर संकलन गर्नुपर्ने भएपनि उक्त तरकारीको ट्रक प्रहरीकै संरक्षणमा धनगढीबाट अत्तरिया आएकाले आफूहरू पनि अत्तरिया पुगेर कर संकलन गर्न खोजेको बताए । 

attariya hospital

यसअघि पनि धनगढीबाटै सोनी कन्स्ट्रक्सनका एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको थियो । पछि सम्झौता अनुसार नै कर संकलन गरिएको भन्दै ति कर्मचारी छुटेका थिए । 

धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि भारतबाट आयात हुने सरसफाइ तथा प्रदुषण जन्य सामाग्रीको शुल्क संकलन गर्न सोनी कन्स्ट्रक्सन संग ७९ लाख ९९ हजार ९०१ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।
जस अनुसार माछा, कुखुरा, खसी, बोका, बंगुर, मासुजन्य समानमा प्रतिकिलो २० रुपैयाँ, तरकारी तथा फलफुलजन्य सामग्रीमा प्रति क्विन्टल १५ रुपैयाँ र कोइला, गट्टा तथा प्रदुषण जन्य सामाग्रीमा प्रति क्विन्टल २० रुपैयाँ सोनी कन्स्ट्रक्सनले कर संकलन गर्ने सम्झौता भएको छ । 

उक्त सम्झौता अनुसार आफूहरूले कर संकलन गर्दा पटक पटक प्रहरी संग विवाद हुँदै आएको संचालक भट्टराइले बताए । 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.