धनगढी – कैलालीमा लोपोन्मुख सालकको खपटासहित २ जना पक्राउ परेका छन । बर्दगोरिया गाउँपालिका–६ को मुढाबाट बिहीबार संरक्षित वन्यजन्तु सालकको खपटासहित जोशीपुर गाउँपालिका–४ बस्ने ३२ वर्षीय प्रेम चौधरी र भजनी नगरपालिका–८ बस्ने ३५ वर्षीय पर्शुराम चौधरी पक्राउ परेका हुन ।
प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नायब निरीक्षक सुशिल चन्द र इप्रका सुखडको संयुक्त टोलीले उनीहरु सवार सु प प्र ०१००८ प ३५१२ नम्बरको मोटरसाइकलसहित १० किलो खपटा बरामद गरेको थियो ।
खपटासहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा राखेको छ ।