कैलालीमा सालकको १० किलो खपटासहित दुई युवक पक्राउ
कैलाली- कैलालीमा लोपोन्मुख सालकको खपटासहित दुई युवक पक्राउ परेका छन् । जिल्लाको बर्दगोरिया गाउँपालिका–६ मुढाबाट बिहीबार संरक्षित वन्यजन्तु सालकको खपटासहित जोशीपुर गाउँपालिका–४ का ३२ वर्षीय प्रेम चौधरी र भजनी नगरपालिका–८ का ३५ वर्षीय पर्शुराम चौधरी पक्राउ परेका हुन् ।
प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नायब निरीक्षक (सई) सुशील चन्द र इप्रका सुखडको संयुक्त टोलीले उनीहरु सवार सु प प्र ०१००८ प ३५१२ नम्बरको मोटरसाइकलसहित १० किलो खपटा बरामद गरेको हो । दुवै जनालाई इलाका प्रहरी कार्यालय सुखडको नियन्त्रणमा राखिएको छ ।