बैतडी टिप्पर दुर्घटना : १९ वर्षीय सहचालक रोहितको मृत्यु

अत्तरिया- बैतडीमा भएको टिप्पर दुर्घटनामा सहचालकको मृत्यु भएको छ । टिप्परका सहचालक मेलौली नगरपालिका-१ का अन्दाजी १९ वर्षीय रोहित दयालको दुर्घटनामा मृत्यु भएको प्रहरीले बताएको छ ।

maya metro hospital

बैतडी प्रहरीका अनुसार दुर्घटनामा परी टिप्परमुनि च्यापिएका उनको मृत अवस्थामा उद्धार गरिएको हो । अहिले घटनास्थलमा मुचुल्का उठाउने काम भइरहेको र शवलाई पोष्टमार्टमका लागि अस्पताल लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता नन्दराज जोशीले बताए ।

citizen security services

दुर्घटनामा चालक मेलौली-१ कै २४ वर्षीय गम्भीर टमटा सामान्य घाइते भएका छन् । चालक आफूहरुको नियन्त्रणमा रहेको प्रवक्ता जोशीले बताए । उनका अनुसार उकालोमा गति तीव्र भएर अलि मोड पनि भएकाले दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

attariya hospital

बिहीबार बिहान मेलौलीबाट पाटनतर्फ आइरहेको सुप्रप ०१००१ क २३९४ नम्बरको रित्तो टिप्पर मेलौलीको लामालेकमा दुर्घटना भएको थियो । लामालेक हतरंगा जाने सडकको जिरो प्वाइन्ट नजिक दुर्घटना भएको टिप्पर सडकबाट ५० मिटर तल खसेको बताइएको छ ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.