गोदावरी नगरपालिकाको प्रशासकीय भवन उद्घाटनमा विवाद

अत्तरिय- कैलालीको गोदावरी नगरपालिकाको प्रशासकीय भवन उद्घाटन गर्ने कार्यक्रममा विवाद उत्पन्न भएको छ । नगरप्रमुख वीरेन्द्र भट्टले बिहीबार भवन उद्घाटनका लागि तयारी गरिरहँदा नेकपा एमालेले विरोध गरेपछि विवाद उत्पन्न भएको हो ।

maya metro hospital

नेकपा एमाले गोदावरी नगर कमिटीले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै भवन उद्घाटन नगर्न चेतावनी दिएको थियो । एमालेबाट निर्वाचित तत्कालीन मेयर हरिसिह साउदले २०७८ चैत्र १४ गते उक्त भवनको उद्घाटन गरेका थिए । एक पटक उद्घाटन गरिसकेको भवन पुन: उद्घाटन गर्न लागिएको भन्दै एमालेले विरोध जनाएको हो । एमाले निकट नेता, कार्यकर्ताले नाराबाजी गर्दै नगरपालिका घेराउ गरेका छन् ।

एमालेले नगरपालिकाले आयोजना गरेको भवनको उद्घाटन कार्यक्रम विथोलेको छ । नगरपालिका केही कर्मचारी एवम् जनप्रतिनिधिहरु नगरपालिका भित्र छन् भने आन्दोलनकारी र केही कर्मचारीहरु नगरपालिकाको गेट बाहिर नै बसेका छन् । उनीहरुलाई भित्र प्रवेश गर्न दिईएको छैन । नगरपालिकाले गेटमा सुरक्षाकर्मीहरु तैनाथ गरेको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.