अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा माघ महोत्सव आयोजना हुने भएको छ । नगरपालिकाको वडा नं. १० खमौरामा भोली (शुक्रबार) देखी माघ महोत्सव आयोजना हुने भएको हो ।
थारु एवम् राना थारु गोदावर नगर भलमन्सा (बरघर) समितिले महोत्सव आयोजना गर्दै छ । ३ दिनसम्म सञ्चालन हुने महोत्सवमा विभीन्न राना थारु कलाकारहरुको प्रस्तुती रहने बताईएको छ । महोत्सवले थारु एवम् राना थारुहरुको कला संस्कृति उजागर गर्ने उद्देश्य राखेको वडा नं. ८ का भलमन्सा किस्नु चौधरीले जानकारी दिए ।
त्यसका साथै महोत्सवमा थारु खानेकुराहरुको प्रर्दशनी गरिने समेत उनले बताए । ‘भाषा कला संस्कृति हमार हो पहिचान, भेषभुषा परम्परा रितिरिवाज के करि सम्मान’ भन्ने मुल नाराका साथ आयोजना हुने महोत्सवको मुख्य प्रायोजकमा गोदावरी नगरपालिका रहेको छ ।