बैतडी- बैतडीमा टिप्पर दुर्घटना भएको छ । मेलौलीबाट पाटनतर्फ आइरहेको सुप्रप ०१००१ क २३९४ नम्बरको रित्तो टिप्पर बिहीबार बिहान मेलौलीको लामालेकमा दुर्घटना भएको हो ।

लामालेक हतरंगा जाने सडकको जिरो प्वाइन्ट नजिक दुर्घटना भएको टिप्पर सडकबाट ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता नन्दराज जोशीले बताए । दुर्घटनामा चालक मेलौली नगरपालिका-१ का २४ वर्षीय गम्भीर टमटा र सहचालक मेलौली-१ कै १९ वर्षीय रोहित दयाल घाइते भएका उनले बताए ।

सहचालक टिप्परमुनि च्यापिएको अवस्थामा रहेकाले उद्धारका लागि जेसिबी घटनास्थल पुगेको र दुर्घटनाको कारण भने अहिले नै नखुलेको प्रहरीले बताएको छ ।
