अत्तरिया- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले दुई दिन बिदा दिएको छ । नगरपालिकाले आज सूचना जारी गर्दै विद्यालयहरुमा भोलि र पर्सि दुई दिन बिदा दिएको जनाएको हो ।
अत्यधिक चिसोका कारण पठनपाठनमा असहजता भएको र विद्यार्थीहरुको स्वास्थ्यमा पनि प्रतिकुल असर पर्ने भएकाले ४ र ५ गते नगरपालिका अन्तर्गतका विद्यालयहरुमा जाडो बिदा दिइएको सूचनामा उल्लेख छ ।