बैतडीकी सरस्वती ३ दिनदेखि बेपत्ता

बैतडी- बैतडीको सुर्नया गाउँपालिका-३ डुङ्गरीकी ६७ वर्षीया सरस्वती ऐर तीन दिनदेखि बेपत्ता छिन् । सोमबार बिहानदेखि हराएकी उनी अहिलेसम्म सम्पर्कमा नआएकी सरस्वतीका छोरा मोहन ऐरले बताए ।

maya metro hospital

उनको खोजीका लागि प्रहरीमा समेत खबर गरिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले खोजी कार्य भइरहेको जनाएको छ । बेपत्ता ऐरलाई कसैले फेला पारे नजिकको प्रहरी वा ९८६६५०८०१० मा खबर गरिदिन आग्रह गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.