अत्तरियामा खुल्यो सिद्धनाथ युनाईटेड कलेक्सन

अत्तरिया – कैलालीको अत्तरियामा सिद्धनाथ युनाईटेड कलेक्सन नामक फेन्सी पसल सञ्चालनमा आएको छ । गोदावरी नगरपालिका – १ महेन्द्रनगररोडमा नयाँ व्यवस्थापनका साथ उक्त फेन्सी पसल सञ्चालनमा आएको हो । उक्त पसलको बुधबार सुदूरपश्चिम प्रदेशकी सभासद मधु भारती र कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले संयुक्त रुपमा उद्घाटन गरे ।

maya metro hospital

करिब १ करोडको हाराहारीमा फेन्सी पसल सञ्चालनमा ल्याएको सञ्चालक मोहननाथ योगीले जानकारी दिए । उनले उक्त स्थानमा यस अघि हार्डवेयर पसल सञ्चालन गर्दै आएका थिए । विगत ३० वर्षदेखी गर्दै आएको हार्डवेयर व्यवसायका ठाउँमा अहिले फेन्सी पसल सञ्चालन गरेको उनले बताए । उनले हार्डवेयर व्यवसायलाई पनि पसलकै पछाडीपट्टिबाट सञ्चालनमा ल्याउने बताए ।

citizen security services

‘मैले विगत ३० वर्षदेखी हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएको थिए, अहिले पनि मेरो त्यो काम सुचारु नै छ’ उनले भने ‘यो मेन हाईवेमा सिमेन्टको कामले आसपासका व्यवसायीहरुलाई केही समस्या हुन थालेपछि मैले त्यो व्यवसायलाई भित्र सेट गरेर यो व्यवसायलाई अगाडी बढाएको हु ।’ उनले नयाँ समय अनुसार सबैले फेसनेवल लुगाहरु लगाउन चाहेकाले यो व्यवसायमा केही अपेक्षा देखेर सुरु गरेको बताए । उनले आफुले पुरानै व्यवसाय अंगाले पनि आउने पिढिहरुको सहजताका लागि व्यवसाय थप गरिएको बताए ।

attariya hospital

कैलाली हार्डवेयर व्यवसायी संघका महासचिव ईश्वर गिरीले सिद्धनाथ युनाईटेडले ग्राहकहरुको चाहना अनुसारका फेन्सी सामग्रीहरु प्रदान गर्ने बताए । उनले समाजको आवश्यकतालाई मध्यनजर गरी समय सुहाउँदो व्यवसायका रुपमा फेन्सी पसल सञ्चालन गरिएको बताए । उनले आफ्नै भवनमा फेन्सी पसल सञ्चालन गरिएको समेत बताए । उनले कोभिड का कारण हार्डवेयर व्यवसायीहरु मारमा पर्न थालेका बताउदै सबै विस्थापित हुने अवस्थामा पुगेको बताए ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.