धनगढीमा भन्सार छलीका सामान बरामद
धनगढी- धनगढीमा भन्सार छलीका सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका-२ ट्राफिक चोकमा भारतबाट भन्सार छली ल्याएका प्याज, नरीवल, मिठाइ, सुर्ति, मैदा लगायतका अन्दाजी ६७ हजार १० मूल्य बराबरका सामान बरामद गरिएको हो ।
त्यस्तै धनगढीको सहिद गेटबाट अन्दाजी २३ हजार मूल्य बराबरको माछा पनि बरामद गरिएको छ । प्रहरी गस्ती टोलीले मंगलबार उक्त सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।