कञ्चनपुरमा होटेल सञ्चालकसहित ५ जुवाडे पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा एक होटेल सञ्चालकसहित ५ जना जुवाडे पक्राउ परेका छन् । भीमदत्त नगरपालिका-४ स्थित सहारा होटेलबाट बैतडीको दशरथचन्द नगरपालिका-११ घर भएका होटेल सञ्चालक ३७ वर्षीय गणेशसिह बुडालसहित ५ जना पक्राउ परेका हुन् ।

maya metro hospital

उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा नगद ४८ हजार २ सय ६० र १ गड्डी ताससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.