चितवन- खाना पकाउने ग्यास सिलिण्डर पड्किएर एक जनाको मृत्यु भएको छ । पश्चिम चितवनको फूलबारीमा ग्यास चुहावट भई पड्किँदा भरतपुर महानगरपालिका–१५ डेरीचोकका ५० वर्षीय मनिष थापाको मृत्यु भएको प्रहरीले बताएको छ ।
आफ्नै कोठामा खाना बनाउने क्रममा सिलिण्डर पड्किँदा थापाको सोमबार मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । स्थानीय अविनाश फटिलाइजर कम्पनीको हाताभित्र आगलागी भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।