काठमाडौँ- नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह यही माघमा बिहे गर्दैछन् । उनी प्रेमिका शिवाना श्रेष्ठसँग माघ २१ गते विवाह गर्न लागेका बताइएको छ ।

काठमाडौँमा गत जेठ १ मा जयवीरले शिवानासँग इन्गेजमेन्ट गरेका थिए । इन्गेजमेन्ट भएको आठ महिनापछि उनीहरु वैवाहिक बन्धनमा बाँधिन लागेका हुन् ।

जयवीरसिंह शेरबहादुर र आरजु देउवाका एक्ला सन्तान हुन् भने शिवाना पूर्वपरराष्ट्र सचिव केदारभक्त श्रेष्ठकी नातिनी हुन् । दुबै जना लामो समयदेखि प्रेम सम्बन्धमा थिए ।
