कञ्चनपुर – कञ्चनपुरमा नेपाली सेनाले दाउरा वितरण गरेको छ । कञ्चनपुर स्थित भगतपुर ब्यारेकले भीमदत्त नगरपालिका – १८ मा रहेको सुकुम्बासी बस्तीमा दाउरा वितरण गरेको हो ।
शीतलहर बढेसँगै सुकुम्बासी बस्तीमा वृद्धवृद्धा, बालबच्चाहरुमा असर पर्ने भएकोले दाउरा वितरण गरेको नेपाली सेनाले जनाएको छ । सेनाले सुकुम्बासी बस्ती लगायतका विभिन्न टोलका चोकहरूमा पनि दाउरा वितरण गरेको जनाएको छ ।