जनकपुरधाम- भंगहा-जयनगर रेलभित्रै लडेर एक यात्रुको मृत्यु भएको छ । महोत्तरीको लोहरपट्टी नगरपालिका-४ खुट्टापिपराढीका अन्दाजी ५० वर्षीय रामएकवाल पण्डितको मृत्यु भएको प्रहरीले बताएको छ ।

मंगलबार टिटी (रेलको कन्डक्टर)ले टिकट चेक गर्न जाँदा अचानक रेलको डिब्बाभित्रै लडेर उनको मृत्यु भएको जानकारी पाएको र शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
